बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले क्यानडाविरुद्ध शानदार जित निकाल्दै आइसीसी टी-२० विश्वकप ग्लोबल छनोट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।
नेपालले लीग चरणको अन्तिम खेलमा क्यानडालाई आठ विकेटले पराजित गर्यो ।नेपालले १४.१ ओभरमा दुई विकेट गुमाएर ८१ रन बनाएको थियो । अविजित रहेका कुशल भुर्तेलले ३४ र दीपेन्द्र सिंह ऐरी २७ रन हानेका थिए ।
आसिफ सेख १७ रनमा आउट भएका थिए भने कुशल मल्ल शून्य रनमा नै आउट हुन पुगे । जीतसँगै नेपाल सबै तीन खेल जितेर समूह बी को विजेताको रूपमा सेमिफाइनलमा पुगेको छ ।
फिलिपिन्सलाई ३६ रनमा अलआउट गरेर २.५ ओभरमा दोस्रो खेल जितेको ओमान पनि समूहबाट सेमिफाइनलमा पुगेको छ ।
अब नेपालले भोलि मङ्गलवार हुने सेमिफाइनलमा यूएईसँग खेल्नेछ ।
सोमवार भएको समूह ए को खेलमा बहराइनसँग दुई रनले पराजित भएपछि यूएई दोस्रो स्थानमा झर्न पुगेको थियो ।
समूह ए बाट विजेता बनेको आयरल्याण्डले भने ओमानसँग खेल्नेछ। सेमिफाइनलका विजेता सन् २०२२ को विश्वकपका लागि छनौट हुनेछन् ।
समूह बी बाट क्यानडा र फिलिपिन्स तथा समूह ए बाट बहराइन र जर्मनी बाहिरिएका छन् ।




















प्रतिक्रिया