Logo

अर्थ

निगमले कमिसन कटौती गरेपछि पेट्रोलियम पदार्थ खरिद नगर्ने पम्प व्यवसायीको निर्णय



काठमाडौं । नेपाल आयल निगमले बिहिबार राति १२ बजेदेखि लागू हुनेगरी इन्धनको मूल्य बृद्धि गरेको छ । पेट्रोलिय पदार्थको मूल्यमा प्रतिलिटर ५ रुपैयाँका दरले बृद्धि गर्दा पनि निगम अझैपनि उच्च घाटामा रहेको छ ।

निगमले देशैभरका पम्पहरुलाई दिदै आइरहेको कमिसन समेत कटौती गरेको छ । सोही विषयमा पेट्रोलपम्प व्यसायीहरुको संस्था नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले निगमबाट आफुहरुले पाउँदै आएको कमिसन काटिएपछि सो विरोधमा पेट्रोलियम पदार्थको खरिद गर्न छाडेका छन् ।

बिहिबार बसेको निगम संचालक समितिको बैठकले मूल्य संरचनामार्फत प्रतिशतमा दिदै आइरहेको कमिसन कटौती गर्ने निर्णय गरेको थियो । सोही विरोधमा पम्प व्यवसायीको संस्थाले निगमका डिपोबाट तेल खरिद नगर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार १४:२१   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।