कैलाली । ए डिभिजन क्लब फ्रेन्ड्स क्लब पाँचौँ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । धनगढी रङ्गशालामा आइतवार क्यामरुनको एभेनिर फुटबल क्लबलाई दुई–शून्य गोल अन्तरले हराउँदै फ्रेन्ड्स अन्तिम चारमा पुगेको हो ।
फ्रेन्ड्सलाई जितउन जमोउल एन्थोनी फ्रान्कोइसले दुई गोल गरे । उनले खेलको ५३ औँ र ६२ औँ मिनेटमा गोल गरे । खेलमा म्यान अफ द म्याच भएका उनले नगद १० हजार रुपैयाँ पाए ।
अब फ्रेन्ड्सले सेमिफाइनलमा मच्छिन्द्र र बाग्मती युथ क्लबबीचको विजेतासँग खेल्नेछ ।
आयोजक सुदुरपश्चिम–११ स्पोर्ट्स क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । सर्वाधिक धनराशीको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ ।




















प्रतिक्रिया