Logo

प्रमुख समाचार

कांग्रेसले स्थानीय चुनावको घरदैलोका लागि खटायो केन्द्रीय प्रतिनिधि



नेपाली कांग्रेसले स्थानीय तह चुनावका लागि एक महिने घरदैलो अभियान सञ्चालन गर्ने भएको छ।

‘घरघर जाऔं, कांग्रेस जिताऔं’ नाम दिएको अभियान गर्न सञ्चालन गर्न कांग्रेसले केन्द्रीय प्रतिनिधिसमेत खटाएको छ।

आज सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय प्रतिनिधिलाई निर्देशनसमेत दिएका छन्। 

पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय भएको छ। केन्द्रीय सदस्यहरूलाई जिल्ला तोकेर केन्द्रीय प्रतिनिधि खटाइएको हो ।

‘केन्द्रीय प्रतिनिधि खटाउने निर्णय भएको छ, जिल्ला खटिने केन्द्रीय प्रतिनिधिको सूची भोलि सार्वजनिक गर्छौं,’ उनले भने। कांग्रेसले फागुन २९ देखि स्थानीय तह केन्द्रित अभियान सञ्चालन गर्ने भएको छ।

गोरखालगायत केही जिल्लाका स्थानीय तहमा भने कांग्रेसले स्थानीय तहमा चुनाव केन्द्रित अभियान सञ्चालन गरिसकेको छ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलवार ११:३५   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।