एकजना बालक युद्धबाट जोगिन एक्लै पूर्वी युक्रेनबाट करिब १,२०० किलोमिटर लामो यात्रा तय गरेर सुरक्षित ढंगले स्लोभाकिया आइपुगेका छन् । एघार वर्षीय हसन नाम गरेका ती बालकले आफ्नो साथमा दुईवटा साना झोला, एउटा पासपोर्ट र आफ्ना आफन्तका टेलिफोन नम्बर साथमा राखेका थिए । आफ्नी आमाले बुढी हजुरआमालाई एक्लै छोड्ने स्थिति नभएपछि हसन जापोरिझझियास्थित घरबाट एक्लो साहसिक यात्रामा निस्केका थिए ।
उनकी आमाले उनलाई नजिकैको एउटा ट्रेन चढाइदिएकी थिइन् । अन्तत: सीमा क्षेत्रमा पुगेपछि उनलाई भन्सार अधिकारीहरूले मद्दत गरेका थिए । ती अधिकारीहरूले उनी वास्तविक हिरो भएको र उनको मुस्कानले सबैको मन जित्न सकेको प्रतिक्रिया दिएका छन् ।
उनी एउटा प्लास्टिकको झोला, सानो रातो रङको ब्यागप्याक र पासपोर्ट लिएर सीमानामा पुगेका थिए । उनलाई स्वयंमसेवकहरूले खान र पिउन दिएका थिए । सीमा अधिकारीहरूले स्लोभाकियाको राजधानी ब्राटिस्लाभास्थित उनका नातेदारसँग सम्पर्क गराइदिएका थिए ।
स्लोभाक प्रहरीले हसनकी आमा जुलिया पिसेकाले आफनो छोरोलाई मद्द गर्ने सबैलाई धन्यवाद दिँदै उनले यस्तो यात्रा गर्न बाध्य हुनुको एक मात्रै कारण रुसी आक्रमण रहेको बताएको भिडियो अनलाइनमा पोस्ट गरेको छ ।युरापकै सबैभन्दा ठूलो आणविक भट्टी रहेको जापोरिझझियामाथि गत हप्ता रुसी फौजले कब्जा गरेको थियो ।





















प्रतिक्रिया