Logo

अटो

स्कोडाको नयाँ सोरुम पोखरामा



पोखरा । स्कोडा नेपालले पोखराको नयाँ बजारमा सुविधासम्पन्न सोरुम सञ्चालनमा ल्याएको छ । मएडब्लु इन्टरप्राइजेजले पोखरामा स्कोडा कार र एसयुभीको विक्रीवितरणका लागि एसएसएल मोटर्सलाई डिलर नियुक्त गरेको छ ।

सोमबार एक कार्यक्रमबीच प्रमुख अतिथि नाडा अटोमोबाइल एसोसिएसनका अध्यक्ष ध्रुव थापा र स्कोडा नेपालका कार्यकारी निर्देशक रौनक अग्रवालले शोरुम र वर्कसपको संयुक्त रुपमा उद्घाटन गरे ।

कार्यक्रममा बोल्दै कार्यकरी निर्देशक अग्रवालले देशभर डिलर विस्तार गर्ने क्रममा पोखरामा पनि सुविधासम्पन्न शोरुम र वर्कसप स्थापना भएको बताए । ‘हामी निरन्तर आफ्नो डिलर नेटवर्क स्थापना गरी देशभर सहज एवं सुलभ रुपमा आफ्ना ग्राहकलाई युरोपियन कारको सहज पहुँच पु¥याउन प्रतिबद्ध छौं,’ उनले भने ।

नेपालमा स्कोडा गाडीप्रति ग्राहकको आकर्षण बढेको बताउँदै अग्रवालले आगामी दिनमा यसको लोकप्रिय अझै बढ्ने बताए । पोखरामा सोरुम उद्घाटनका अवसरमा फागुन २४ र २५ गते विशेष टेस्ट ड्राइभ कार्यक्रम रहेको एसएसएल मोटर्सका प्रबन्ध निर्देशक सूर्य बरालले जानकारी दिए ।

एमएडब्लु इन्टरप्राइजेज युरोपियन लिडिङ ब्राण्ड स्कोडाको नेपालको लागि एकमात्र आधिकारिक विक्रेता हो । एमएडब्लुले सन् २००८ देखि स्कोडा कारलाई नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ । कम्फोर्ट र सुरक्षाका लागि स्कोडा कार नेपालमा चर्चित छन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार १०:४७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।