Logo

समाचार

भीरमा लास खोजिरहेका छौँः वडाध्यक्ष



संखुवासभामा आज बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ । दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस आज बिहान साढे सात बजे संखुवासभाको मादी नगरपालिका ६ सातघुम्तीमा दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

बस दुर्घटनामा परेर हालसम्म १४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।

दुर्घटनास्थलमा रहेका मादी नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष धननारायण तामाङले पनि १४ जनाको शव संकलन गरेर पोष्टमार्टमका लागि अस्पताल पठाइएको जानकारी दिए ।

उनले पाँच जनालाई जिवितै उद्धार गरेर चैनपुर नगर अस्पताल लगिएको र थप उपचारका लागि धरान लैजान हेलिकोप्टर मगाइएको जानकारी दिए ।

बसमा कति जना सवार थिए भन्ने खुलिसकेको छैन । ‘हामी भीरमा लास खोजिरहेका छौँ’, उनले भने, ‘१४वटा शव पोष्टमार्टमका लागि पठाइसकेका छौँ, अस्पताल पठाइएकाहरूको अवस्था अहिले बुझ्न पाएको छैन ।’ मृतकको सनाखत भएको छैन ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार ११:२०   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।