नेपालका बैंक तथा वित्तीय संस्थाहरु पछिल्लो समय विश्वमा विकसित र नवप्रवर्तनात्मक प्रविधिलाई आत्मसात गर्दै डिजिटलाइज्ड बन्ने प्रतिस्पर्धामा छन् । जसको प्रमुख उपलब्धी हो, पछिल्लो समय द्रुतस्तरमा बढिरहेको डिजिटल कारोबारको रकम एवं आकार । तर डिजिटल बैंकिङ्गको पूर्ण रुप हेर्ने हो भने बैंकको कारोबारमात्र होइन बैंकिङ्ग सेवाहरु समेत प्रमुखमध्येमा रहेका छन् ।
कारोबार रकममा बृद्धिसँगै डिजिटल सेवाहरुमा अनलाइन खाता खोल्न, केवाइसी भर्ने लगायतका सेवाहरु अहिले घरबाटै गर्न सकिने बैंक तथा वित्तीय क्षेत्रहरुले ल्याइसकेका छन् । तर अहिले केही पृथक सेवाहरु समेत अनलाइनबाट दिन थालिएको छ । जसको सबैभन्दा अग्रपंङ्तीमा देखिएको छ, एन आई सी एशिया बैंक । बैंकले ग्राहकको सुविधालाई मध्यनजर गर्दै विभिन्न सेवाहरु डिजिटलमय बनाएको छ । जसको पछिल्लो उदाहरण हो, एन आई सी एशिया आइसर्भ प्लेटफर्म ।
आईसर्भलाई बैंकले एक सेल्फ हेल्प बैंकिङ्गको प्लेटफर्मको रुपमा अगाडी सारेको छ । आईसर्भमार्फत ग्राहकले बैंकका विभिन्न बैंकिङ्ग सेवाहरु सहज एवम सुरक्षित रुपमा घरमै बसेर अनुरोध गर्न सक्दछन् । बैंकका अनुसार मोबाइल बैंकिङ्ग सर्भिस, कस्टुमर सर्भिस, टेलर सर्भिस, कार्ड सर्भिस आईसर्भका मुख्य विषेशताहरु हुन् ।
बैंकले आफ्ना बैंकिङ्ग सेवा तथा सुविधाहरूलाई थप विस्तारित बनाउँदै जुनसुकै स्थानबाट, जुनसुकै समयमा पनि बैंकिङ्ग सेवाहरू उपभोग गर्न मिल्ने हिसाबले सेल्फ हेल्प तथा लाइफ स्टाइल बैंकिङ्गको अवधारणा अङ्गीकार गर्ने रणनीति अनुरुप यो सेवा शुभारम्भ गरेको हो ।
आईसर्भमा मुख्य गरी चार प्रकारका सेवाहरु (मोबाइल बैंकिङ्गसम्बन्धी सेवाहरू, ग्राहकसम्बन्धी सेवाहरू, टेलर सेवाहरू र कार्डसम्बन्धी) रहेका छन्। जसमा २० सेवाहरु लिन सकिनेछन् । एन आई सी एशिया बैंकले पछिल्लो समय उपलब्ध गराएको नविनतम् सेवा पाउनको लागि ग्राहकले बैंकको वेबसाइटमा प्रवेश गरेर उक्त साइटमा देखिने आईसर्भ आइकनमा क्लिक (https://iserve.nicasiabank.com/home) गर्नुपर्ने हुन्छ । त्यसपछि तोकिएको ४ वटा सेवामध्ये आफूले लिन खोजेको सेवा छनोट गरी आफुले उपभोग गर्न खोजेको बैंकिङ्ग सेवा लिन सकिन्छ ।

१. मोबाइल बैंकिङ्गसम्बन्धी सेवाहरु
आईसर्भले मोबाइल बैंकिङ्गबाट पाइने सबैजसो सेवा प्रयोग गर्न दिन्छ । जस्तै, नयाँ आवेदन, अनब्लक, ब्लक तथा पिन÷पासवर्ड रिसेटसेवा प्रदान गर्ने गर्छ।नयाँ आवेदनको लागि मोबाइल बैंकिङ्ग रजिस्ट्रेसनमा जानुपर्नेछ । त्यसको लागि खाता नम्बर, खातावालाको नाम, मोबाइल नम्बर हालेर भेरिफाइ गर्न सकिनेछ ।
दोस्रोमा दिने सेवा भनेको ‘पिन रिसेट’ रहेको छ । त्यसमा समेत खाता नम्बर, मोबाइल नम्बर, इमेल एड्रेस राखेर सबमिट गर्न सकिनेछ। अनब्लकिङ सेवाको लागि पनि खाता नम्बर मोबाइल नम्बर र इमेल राखेर ‘सबमिट’ गरे पनि सेवा लिन सकिनेछ । यहीँबाट ‘ब्लक मोबाइल ब्याङ्किङ’ समेत गर्न सकिनेछ । त्यसको लागि पनि खाता नम्बर, मोबाइल नम्बर र इमेल राखेर यो सेवा बन्द गर्न सकिनेछ । यसरी आईसर्भबाट नै मोबाइल सेवा सुरु गर्ने त्यसमा हुने फाइदाहरु लिन सकिने र आफूलाई आवश्यक परेको खण्डमा रिसेट तथा बन्द गर्न सकिने समेत आफ्नो सेवा प्रदान गरेको छ। यो विश्वको जुनसुकै कुनाबाट समेत सेवा उपलब्ध हुने भएको हो ।
२. ग्राहकसम्बन्धी सेवाहरु
यसभित्र ब्यालेन्सको जानकारी, चेक बुक आवेदन, ब्यालेन्स सर्टिफिकेट आवेदन, एकाउन्ट स्टेटमेन्ट आवेदन, मर्चेन्ट आवेदन, मेरो शेयर तथा सीआरएन आवेदन, बचत योजना परिवर्तन र चेकबाट हुने भुक्तानी रोक्ने विषयहरु तोकेको छ ।ब्यालेन्सको जानकारी, चेक बुक आवेदन, ब्यालेन्स सर्टिफिकेट आवेदन, एकाउन्ट स्टेटमेन्टको लागि ग्राहकले आफ्नो खाता नम्बर मोबाइल नम्बर र इमेल राखेर सबमिट गरे पनि आफूले चाहेको सेवा र सूचना लिनसक्ने व्यवस्था बैंकले गरिदिएको छ ।
मर्चेन्ट आवेदन, मेरो शेयर तथा सीआरएन आवेदनको लागि बैंक सानो डिजिटल फारम नै राखेको छ । त्यस फारम भरे पनि आफूले चाहेको सुविधा ग्राहकले पाउनेछन् । त्यस्तै बचत योजना परिवर्तन र चेकबाट हुने भुक्तानी रोक्ने कामको लागि पनि आफ्नो खाता नम्बर, इमेल र मोबाइल नम्बर राख्नुपर्नेछ । बैंकले हाल लकर सुविधाको रिक्वेस्ट गर्ने, ब्ल्याक लिस्टिङ सेवा र टीडीएस सर्टिफिकेटको सेवा पनि थप गरेको छ ।
३.कार्डसम्बन्धी सेवाहरु
यस सेवाभित्र ई–कमर्स दर्ता, डेबिट कार्ड आवेदन, डेबिट कार्ड ब्लक, डेबिट कार्ड परिवर्तनको आवेदन, डेबिट कार्ड रिपिन, प्रिपेड डलर कार्ड आवेदन, र इन्स्टा बाइ रहेका छन्। बैंकको वेबसाइटबाट नै आफ्ना इन्फर्मेसनहरु राखेर बैंक नै नगई आफ्नो सेवाहरु उपलब्ध गराएको छ ।
४. टेलर सेवाहरू
यसभित्र नगद तथा चेक डिपोजिट भौचर भर्ने सुविधा बैंकले दिएको छ। चेक डिपोजिटको लागि बैंकले उपलब्ध गारएको डिजिटल माध्यममा ब्राञ्च नम्बर, चाहेको मुद्रा, डिपोजिट खाता नम्बर र डिपोजिट हुने खातावालाको नाम राखेर सेवा सुरु गर्न सकिनेछ ।नगद डिपोजिटको लागि पनि सोही किसिमको विवरण राखेर सेवा सुरु गर्न सकिने बैंकले जनाएको छ ।
एनसेलको डेटाबाट निःशुल्क आईसर्भ सेवा
आईसर्भ आफैँमा एउटा भर्चुअल बैंक रहेको बैंकको भनाइ छ । अनेकौँ सुविधाले यसलाई एउटा बैंकको रुप बनाएको छ । नेपालको बैंक क्षेत्रमा पहिलो पटक एन आई सी एशिया बैंकले ल्याएको यो सेवाको विशेषता भनेको विश्वको जुनसुकै कुनामा बसेर पनि सेवा लिन सक्नु हो ।
बैंकको वेबसाइटमा गएर जुनसुकै कुनामा बसेर विना झन्झट यस्तो सेवा नेपालमा पहिलोपटक सुरु हुनु समग्र नेपाली बैंकिङ्ग प्रणालीमा नयाँ युगको विकास हुनुजस्तै हो । यो सुविधा मार्फत यस बैंकका ग्राहकहरूले एनसेलको डाटा प्रयोग गरी निःशुल्क रुपमा लिन सक्नुहुनेछ । साथै बैंकले आफ्ना अन्य डिजिटल च्यानलहरु जस्तै मोबाइल बैंकिङ्ग एप, वेबसाइट तथा इन्टरनेट बैंकिङ्ग सुविधाहरू समेत एनसेलको डाटाबाट निःशुल्क प्रयोग गर्न सकिने व्यवस्था गरेको छ ।




















प्रतिक्रिया