कैलाली । धौलीगंगा नदीमा पानीको सतह बढेसँगै भारतले नदीको बाँधको ढोका खोल्ने भएको छ। उक्त बाँधको ढोका खोलेसँगै महाकाली नदिमा पानीको बहाव बढेर जानेछ ।
सोही कुरालाई मध्यनजर गदै जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रमुख सिद्धराज जोशी नदीको आसपास बसोबास गर्ने स्थानीयलाई पूर्वसर्तकता अपनाउन आग्रह गरेका छन् । प्रमुख जोशीले ब्यास गाउँपालिका धौलाकोट देखि लेकम गाउँपालिकाको लालीसम्म नदी किनारमा बसोबास गर्ने स्थानीयलाई यस्तो अनुरोध गरेका हुन् ।
दार्चुला प्रशासनका अनुसार उक्त ढोका खोल्नका लागि एनएचपीसी लिमिटेड, धौलीगंगा पावर स्टेसन, धार्चुला, पिथौरागढ भारत पक्षबाट पत्राचार भएको जानकारी दिएको छ।
फाईल तस्बिर




















प्रतिक्रिया