Logo

सूचना/प्रविधि

काउन्सिलमा नाम दर्ता भएकाहरूलाई टेलिकमले १ महिना निःशुल्क कल सुविधा दिने



काठमाडौँ । नेपाल टेलिकमले फ्रन्टलाइनमा खटिएका स्वस्थ्यकर्मीहरुलाई एक महिना निःशुल्क कलको सुविधा दिने भएको छ। 

नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका डाक्टरहरूलाई उक्त सुविधा उपलब्ध गराउने टेलिकमले जनाएको छ ।

उक्त सुविधाका लागि फर्म भर्न टेलिकमले अनुरोध गरेको छ । नेपाल टेलिकमकै मोबाइल नम्बर र सम्बन्धित चिकित्सककै नाममा दर्ता भएको नम्बरमा मात्र उक्त सुविधा उपलब्ध हुने नेपाल मेडिकल काउन्सिलले जानकारी दिएको छ ।

medical council.jpg

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार १७:१३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।