Logo

अनलाइनपाना खोज

बिझाउने बेरोजगारी, म्यादी मोह



मुलुकमा गणतन्त्र र लोकतन्त्र स्थापित गर्न ज्यानको बाजी थापेर अग्रपंङ्तिमा होमिएका युवाहरु बेरोजगारी पीडा कुन तहसम्म खेप्न बाध्य छन् त्यो हेर्न म्यादी प्रहरीका लागि आवेदन दिनेहरुको लामो लाइनले छर्लङ्गै पारेको छ । ४० दिने सेवाका लागि आवेदन दिनेहरुको तँछाडमछाडले सत्ताकै खेलोमा रमाउनेहरुको उपहास गरेको देखिएको छ ।

४० दिने सेवाका लागि निर्वाचन लक्षित म्यादी प्रहरी भर्ना आवेदन खुलेकै दिनदेखि टेकूस्थित महानगरीय प्रहरी परिसरमा थेगि नसक्नु भीड लागेको छ । सोमवार टेकू पुग्दा भीड यति थियो कि त्यहाँँ तैनाथ प्रहरीलाई सवारी चाप र मानिसको भीड मिलाउन हम्मेहम्मे देखिन्थ्यो । प्रहरीहरु माइकिंग गरेर भीड तितरवितर पार्दै थिए ।

बेरोजगारी भएर बस्नुभन्दा छोटो समयकै लागि भए पनि म्यादीमा भर्ना हुन आएको फाराम भर्न आएका अधिकांशको प्रतिक्रिया छ । छोटो समयकै सही जागिर त पाइन्छ भन्ने आशामा टाढा टाढादेखि के युवा, के प्रौढ काखमा बच्चा च्यापेका महिलाहरु समेत टण्टलापुर घाममा लाइनमा बस्न बाध्य भएपनि रोजगारी पाउने आशामा उत्साहित पनि उत्तिकै देखिन्थे । भीडमा ५० वर्ष नाघेका मणिकुमार राई खाडीमा १८ वर्ष बिताएको नमिठो सम्झना गर्दै अव नेपालमै बसेर काम गर्ने र यो अवसर आफुहरुको लागि पनि ठिक भएको बताउँछन् ।

त्यस्तै, त्यही भीडबाट अलि पर २ साना बच्चा दुईतिर हातमा च्यापेर बसिरहेका थिए, श्रवण विक, उनी आफू फारम भरेर फारम भर्न लाइनमा बसिरहेकी श्रीमतीको प्रतिक्षा थिए । बढ्दो महङ्ंगीले दैनिकी धान्न धौधौ भएपछि उनीहरु श्रीमान श्रीमती दुवै जना म्यादीमा भर्ना हुने आशामा झारम भर्न टेकू आइपुगेका हुन् ।

श्रवण विक, आवेदक

भीड न हो थरी थरीका पीडा र उत्साह बोकेका मानिस देखिन्थे नै, कतिपय रमाइलो हेर्न आएका पनि बताउँथे । काठमाडौंका हकमा टेकुमा म्यादी प्रहरीका लागि कूल २हजार ९ सय ६७ दरबन्दी रहेकोमा ३ गुणा बढी आवेदन पर्ने प्रहरीको अनुमान छ ।

मुलुकमा अहिले शैक्षिक बेरोजगार २१ प्रतिशत रहेको युवा तथा स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष डाक्टर देवराज रोक्काको भनाई छ । नेपालमा प्रत्येक वर्ष ५ लाख मानिस नेपाली श्रमबजारमा थपिने गर्छन् ।

दिनेश मैनाली, एसपी,महानगरीय प्रहरी परिसर, टेकू

१८ देखि ५४ वर्ष उमेर भएकाले निवेदन दिन सक्ने म्यादी प्रहरीको छनोट प्रक्रिया चैत १५ बाट सुरु हुनेछ । महानगरीय प्रहरी परिसर टेकूका प्रहरी उपरिक्षक दिनेश मैनालीका अनुसार चैत २२ गते अन्तिम नतिजा प्रकाशन गरेर २८ गतेबाट प्रशिक्षण सुरु हुने छ ।

छनोट भएका म्यादी प्रहरीलाई सात दिन तालिम दिएर खटाउने सरकारको तयारी छ ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलवार ११:३५   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।