Logo

खेलकुद

पपुवा न्यूगिनीमाथि नेपालको सानदार जित, कुशल र आरिफको अर्धशतक



काठमाडौं । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत पपुवा न्युगिनी (पीएनजी) सँगको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल सात विकेटले विजयी भएको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पीएनजीले दिएको एक सय ८४ रनको लक्ष्य नेपालले ३६ ओभर ५ बलमा मात्र तीन विकेट गुमाएर भेटायो । नेपालका लागि आरिफ शेखले सर्वाधिक ५९ रन बनाए । यस्तै कुशल भुर्तेलले ५०, रोहित पौडेलले ४४, आशिफ शेखले दुई बनाउँदा दीपेन्द्रसिंह ऐरीले शून्य रनमा आउट भए । बलिङतर्फ पीएनजीका चार्ल्स अमिनीले दुई र कबुवा मोरेले एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर एक सय ७३ रन बनायो । पीएनजीका लागि कप्तान असाद भालाले सर्वाधिक ४५ रन बनाए । यस्तै चार सोपरले २२ र लेगा सिकाले २० रन बनाए । बलिङतर्फ नेपालका सन्दीप लामिछाने र सोमपाल कामीले दुई/दुई तथा करण केसी, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी र पवन सर्राफले एकरएक विकेट लिए ।

यो शृङ्खलामा नेपालले पहिलो खेलमा पीएनजीलाई हराएको थियो भने यूएईसँग दुवै खेलमा पराजित भएको थियो । विश्व क्रिकेट लिग–२ मा १२ खेलमा १२ अङ्कसहित नेपाल छैटौँ स्थानमा छ । यूएई दोस्रो र पीएनजी पुछारमा रहेको छ । लिगमा नेपाल र स्कटल्यान्डले सबैभन्दा कम खेल खेलेका छन् ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलवार १७:५५   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।