Logo

अर्थ

कामना सेवाको आक्रामक डिजिटल सेवाहरु : मोबाइल एप मार्फत शाखा रहित बैंकिङ सेवा शुरु



व्यापार विस्तार र नाफामा आक्रामक बन्दै गएको कामना सेवा विकास बैंकले डिजिटल सेवालाई पनि आत्मसाथ गर्दै अघि बढेको छ । नयाँ नयाँ प्रविधीमार्फत धेरै भन्दा धेरै सेवाग्राहीसम्म पुग्ने अभिप्रायका साथ कामना सेवा विकास बैंकले हालै मोबाइल एप मार्फत शाखा रहित बैंकिङ सेवा शुरु गरेको छ ।

बैंकले पाल्पा जिल्लाको तानसेन–९, दमकड पाल्पाको महिमा पुस्तक एण्ड मोबाइल सेण्टरमा शाखारहित बैंकिङ सेवा सुरु गरेको हो । यो सेवाबाट ग्रामीण तथा बैंकिङ पहुंच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ । शाखारहित बैंकिङ मार्फत खाता खोल्न, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिनेछ ।

नेप्सेको दोस्रो बजारमा पनि आकर्षक कम्पनीको सूचीमा पर्न सफल कामना सेवा विकास बैंक नेसनल पेमेन्ट स्विचमा आबद्ध हुने र नेपालपे क्यूआरलाई समर्थन गर्ने पहिलो विकास बैंक हो । योसँगै कामना सेवाका ग्राहकले आफ्नो व्यापार व्यावसाय कारोवारको नेपालपे क्यूआरमार्फत भुक्तानी व्यवस्थापन गर्न मर्चेन्टका रुपमा दर्ता गर्न सक्नेछन्। कामना सेवा विकास बैंक र अन्य बैंक तथा वित्तीय संस्थाको वालेट वा कनेक्टआईपीएसको मोबाइल बैंकिङमार्फत यो सुविधा प्रयोग गर्न सक्नेछन्।

प्रगतीको आधार कामना सेवासँग कारोबार भन्ने स्लोगान बोकेको कामना सेवा विकास बैंक पछिल्लो समय लिएको डिजिटल सेवाहरु यसप्रकार रहेका छन् ।

१, मोबाइल बैंकिङ : सेवाग्राहीले कामना सेवा विकास बैंकको मोबाइल या वेभ पोर्टल मार्फत केएसआई मोबाइल एप मार्फत बैंकिङ सेवा लिन सक्नेछन् ।त्यस्तै कामना सेवाले अफलाइन मोबाइल बैंकिङ सेवा पनि दिएको छ ।
२, केएस डिजी वल्र्ड
अनलाइन मोबाइल बैंकिङ सेवा
मोबाइल बैंकिङ दर्ता सेवा
मोबाइल बैंकिङ अनब्लक सेवा
मोबाइल बैंकिङ ब्लक सेवा
मोबाइल बैंकिङ रिपिन सेवा

३, अनलाइन मर्चेन्ट एक्विजसन सेवा

४,अनलाइन विवाद दावी भुक्तानी सेवा
एटीएममा हुने विवाद
मोबाइल बैंकिङमा आउने विवाद

५, अनलाइन डेबिट कार्डको सेवा
नयाँ डेबिट कार्ड सेवा
डेबिट कार्ड ब्लक सेवा
डेबिट कार्ड अनब्लक सेवा
पिन जेनेरेशन सेवा
कार्ड प्रतिस्थापन रिक्वेस्ट सेवा

६, अनलाइन टेलर सेवा
अनलाइन नगद डिपोजिट सेवा
अनलाइन चेक डिपोजिट सेवा

७,अनलाइनबाटै डिम्याट सेवा लिन सकिने
अनलाइन डिम्याट खाता खोल्ने
सीआरएन रिक्वेस्ट गर्न सकिने
मेरो शेयर खाता खोल्न सकिने
मेरो सेयर पासवर्ड लिन मिल्ने

८. शाखारहित बैंकिङ
एजेन्टहरू द्वारा प्रदान गरिएको बैंकिङ सेवाहरू लिन मिल्ने
बैंकका लागि अनलाइन खाता खोल्ने

९, खातावालाले बैंकसम्म नपुगीकनै अनलाइन ऋण आवेदनका लागि फारम भर्न सकिने
१०, स्मार्ट टेलर सेवाहरू : यो सेवा मार्फत एटिएम र क्यूआर कोड बिनानै खातावालाले नगद झिक्न सक्नेछन् ।
११, अन्तर बैंक कोष स्थानान्तरण : कनेक्ट आइपीएस र फोन पे मार्फत यो बैंकको खातामा खाता खोलेका सेवाग्राहीले एक बैंकमा भएको निक्षेप अर्को बैंकमा रकम पठाउन सक्नेछन् ।
१२, स्मार्ट क्यूआर सेवा

१३, केएस डीजी वालेट

बैंकले आफ्नै वालेट सुविधाहरू ल्याएको छ,जुन अन्तर्गत बैंकमा खाता नहुने ग्राहकहरुले पनि यो वालेट सेवा लिन सक्नेछन् ।
कामना सेवा विकास बैंकले बजारमा अन्य नयाँ नयाँ प्रविधिगत सेवाहरु पनि ल्याउँदैछ , जुन यसप्रकार रहेका छन् :
ACS Card ई कमर्श
मोबाइलबाटै रेमिट्यान्स पठाउने सेवा
क्रेडिट कार्ड सेवा

UPI यूपीआइ सेवा

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलवार १४:५४   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।