Logo

अर्थ

पेट्रोलियम ढुवानी सुचारु भएसँगै देशभरका पेट्रोल पम्पमा विक्री सहज



पेट्रोलिम पद्धार्थको आपूर्ति सहज भएको छ । पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीले आन्दोलन स्थगित गरेपछि सहज आपूर्ति तथा विक्री वितरण भएको छ ।

२० चैत्रबाट व्यवसायीको आन्दोलनको घोषणाका कारण पेट्रोल पम्पहरुमा लामहरु लागेका थिए । तर, आन्दोलनका कार्यक्रम ढुवानी व्यवसायीले स्थगित गरेका छन् ।

नेपाल आयल निगम र राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिबीच शनिबारको सहमतिपछि ढुवानी सहज बनाइएको हो । दुवै पक्षबीच चार बुँदे सहमतिपछि निगमले चार बुँदे विज्ञप्ति पनि जारी गरेको छ ।

सात दिनभित्र उचित निष्कर्ष निकाल्ने सहमति बनेको छ । व्यवसायीले माग गरेकामध्ये ढुवानीवापतको कमिशनका विषयहरुमा सात दिनभित्र छलफल गरी उचित निकाय निकाल्ने सहमति भएको हो ।

प्रकाशित मिति : २० चैत्र २०७८, आईतवार ०९:२९   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।