ग्लोबल आइएमई लघुबित्त बित्तिय संस्था लिमिटेडको नुवाकोट जिल्ला चौघडा स्थित चौघडा शाखा कार्यलयले केन्द्र प्रमुख गोष्ठी तथा बित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । लिखु गाउँपालिका वडा नं ४ स्थित मर्कपोलो रिसोर्ट मा चैत १८ गते बित्तिय साक्षरता तथा बार्षिक केन्द्र प्रमुख गोष्ठी सम्पन्न गरेको छ्र ।
२३ नं केन्द्रका केन्द्र प्रमुख सुजिना तामाङको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत सजल खड्का प्रमुख अतिथी रहेका थिए । कार्यक्रममा बित्तिय संस्थाका तर्फबाट जोखिम बिभागका प्रमुख दिवस राज ओलि तथा अनुगमन अधिकृत सशिकान्त न्यौपानेको उपस्थिती भएको शाखा प्रबन्धक केश कुमारी सारुले जानकारी दिइन् ।
हाल बित्तीय संस्थाले करिब १ लाख ४४ हजार जना ग्राहक सदस्यहरुलाइ लघुबित्त बित्तिय सुबिधा प्रदान गरेको छ भने आफ्ना ग्राहक सदस्यहरुलाइ ८ अर्ब घड करोड रुपैया बराबर कर्जा लगानी गरेको छ । यसै गरि संस्थाले आफ्ना ग्राहक सदस्यहरु सङ २ अर्ब ६६ करोड रुपैया निक्षेप सङ्कलन गरेको छ्र साथै बित्तीय संस्थाले ई(सेवाबाट पनि बचत तथा कर्जा सङ्कलन गर्ने सुबिधा तथा एसएमएस बाट आफ्ना बित्तिय कारोबारको जानकारी लिन सकिने सुबिधा प्रदान गर्दै आएको छ ।





















प्रतिक्रिया