नेकपा माओवादी केन्द्रले तनहुँको शुक्लागण्डकी नगरपालिकाको मेयरमा पूर्वमन्त्री एवं गण्डकी प्रदेश सांसद आशा कोइरालालाई उम्मेदवार बनाउने भएको छ ।
नगर कमिटीको शनिबारको बैठकले कोइरालालाई उम्मेदवार उठाउने निर्णय गरेको हो । सो पार्टीका नगर कमिटी अध्यक्ष मनराज गुरुङले मेयरमा कोइरालाको मात्र नाम सर्वम्मत सिफारिस गरिएको जानकारी दिए ।
कोइराला शेरबहादुर देउवा अघिल्लो कार्यकालमा प्रधानमन्त्री हुँदा गठबन्धन सरकारमा महिला, बालबालिका तथा समाजकल्याणमन्त्री थिइन् । काँग्रेस नेता प्रदीप पौडेललाई हराउँदै उनी तनहुँ क्षेत्र नम्बर–२ (क) बाट गण्डकी प्रदेश सदस्यमा निर्वाचित भएकी थिइन् ।
नगर कमिटी अध्यक्ष गुरुङले यसअघि आफूहरुको समर्थनमा काँग्रेसले मेयर जितेकाले यसपटक काँग्रेसले आफ्ना उम्मेदवारलाई सघाउनुपर्ने बताए ।




















प्रतिक्रिया