अमेरिकाकाे फ्लोरिडाको मियामीमा आइतबार अन्धाधुन्द गोली चल्दा कम्तिमा दुई जनाको मृत्यु भएको छ। २० भन्दा बढी घाइते भएका छन्।
स्पोर्ट कारमा आएका तीन व्यक्तिले भीडमा अन्धाधुन्ध गोली चलाएकाे अन्तराष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
मियामीको डेड प्रहरी विभागका निर्देशक अल्फ्रेडो ‘फ्रेडी’ रामिरेज तृतीयले ट्वीट मार्फत् यो जानकारी दिएका हुन्। यसअघि शनिबार मियामीको एक पर्यटकीय क्षेत्र नजिकै बन्दुकधारीले गोली चलाउँदा कम्तिमा सात जना घाइते भएका थिए।
राष्ट्रपति जो बाइडेनले गत महिना सम्बोधन गर्दै यस्ता आक्रमणकारी राष्ट्रको कलंक भएको बताएका थिए। एजेन्सी

















प्रतिक्रिया