Logo

गण्डकी प्रदेश

एकीकृत समाजवादीसँग चुनावी प्रतिस्पर्धा गर्ने कास्की कांग्रेसको निर्णय



काठमाडौं । नेकपा एकीकृत समाजवादीसँग चुनावी तालमेल नगर्ने नेपाली कांग्रेस कास्कीले निर्णय गरेको छ । एकीकृत समाजवादीसँग पटकपटक छलफल गर्दा पनि उक्त पार्टीले अस्वभाविक दाबी गरेकोले चुनावी तालमेल नगर्ने निर्णय गरिएको कास्की कांग्रेसले जनाएको छ ।

सचिव देवेन्द्र रानाभाट र भानुभक्त ढकालले आज विज्ञप्ति निकालेर अब एकीकृत समाजवादीसँग चुनावी प्रतिस्पर्धा हुने उल्लेख गरेका छन् । स्थानीय चुनावमा एकीकृत समाजवादीसँग मैत्रीपूर्ण र स्वच्छ प्रतिस्पर्धासहित जाने कांग्रेसको निर्णय छ ।

केन्द्रमा सत्तागठबन्धनबीच ६ महानगर भागबन्डा गर्ने छलफल भइरहँदा कास्की कांग्रेसले भने पोखरामा मेयर छाड्न नसकिने बताएको छ ।

एकीकृत समाजवादीले कास्कीको मेयर दाबी गरेको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार १७:११   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।