Logo

कोशी प्रदेश

बालुवाटारमा ओथारो बसेको गठबन्धनले फुल पार्न सक्दैन : केपी ओली



नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘बालुवाटारमा ओथारो बसेको गठबन्धनले फुल पार्न नसक्ने’ बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भागबण्डा मिलाउन सत्तागठबन्धनको बैठक बसिरहेका बेला सोलुखुम्बुको चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो टिप्पणी गरेका हुन् ।

चुनावीसभा एवम् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने– एमालेविरुद्ध बालुवाटारमा ओथारो बसिरहेका छन् रे, तर फुल पार्न सकेका छैनन् भन्ने सुन्छु ।

एमालेसँग डराएर सत्तागठबन्धन चुनावबाट भाग्न खोजेको आरोप लगाउँदै उनले सबै दलसँग एमाले एक्लै भिड्न तयार रहेकोसमेत बताए । सत्तागठबन्धन अझै चुनावसँग भाग्न खोजेको उनको बुझाइ थियो । उनले भने – अझै संविधानविरोधी केही तत्व चुनाव सार्न खोज्दैछन्, एमाले तिनीहरुविरुद्ध एक्लै प्रतिकार गर्न तयार छ ।

उक्त कार्यक्रममा सञ्चारउद्यमी आङकाजी शेर्पा एमालेमा प्रवेश गरेका छन् । शेर्पालाई अध्यक्ष ओलीले पार्टीमा स्वागत गरेका थिए ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलवार १३:२१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।