Logo

गण्डकी प्रदेश

कांग्रेसबाट पोखरामा सिफारिस यी हुन् १० उप–मेयरका नाम



पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेशले पोखरा महानगरपालिकाको उप–मेयरमा १० जनाको नाम सिफारिस गरेको छ ।

प्रदेश सभापति शुक्रराज शर्माको सभापतित्वमा बिहीबार बसेको पदाधिकारीको बैठकले १० जना आकांक्षीको नाम सिफारिस गरेको हो ।

सिफारिस हुनेमा माया बराल कार्की, लक्ष्मी पाण्डे क्षेत्री, आनन्दी राणा कार्की, रंगिला आचार्य, टीकाकुमारी गुरुङ, दीपक मल्ल, मिलन थापा, चिनु गुरुङ, गोविन्द नेपाली र शिव केसी रहेका छन् ।

ती नामहरू नेपाली कांग्रेस पोखरा महानगर समितिले पठाएको थियो । गण्डकी कांग्रेसले १० जनाको नाम जस्ताकोतस्तै केन्द्रमा पठाएको पार्टीका प्रचार विभाग प्रमुख रमेश पौडेलले जानकारी दिएका छन् ।

महानगरले नेपाली कांग्रेसको तर्फबाट मेयरका लागि १८ जनाको नाम सिफारिस गरेको थियो । गठबन्धन दलभित्रको एकीकृत समाजवादीलाई मेयर पद परेपछि उप–मेयरका लागि भने कांग्रेसभित्र रस्साकसी शुरु भएको छ ।

गण्डकी कांग्रेसले पोखरामा उप–मेयर स्वीकार गरेर गठबन्धन गरेर स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार १४:१५   :  बजे

114
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।