Logo

राजनीति

बुटवलमा एमाले र राष्ट्रिय जनमुक्ति पार्टीबीच चुनावी तालमेल



काठमाडौं । बुटवल उपमहानगरपालिकामा नेकपा एमाले र राष्ट्रिय जनमुक्ति पार्टीले चुनावी तालमेल गर्ने सहमति गरेका छन् ।

शनिवार एमाले बुटवल उपमहानगरपालिका कमिटी अध्यक्ष किसन ज्ञवाली र राष्ट्रिय जनमुक्ति पार्टीका नगर अध्यक्ष भेकबहादुर सारू मगरबीच वैशाख ३० गते हुने निर्वाचनको लागि तालमेल गरेर अगाडि बढ्ने सहमति भएको हो ।

गएको निर्वाचनमा राष्ट्रिय जनमुक्ति पार्टीको उम्मेदवारले १ हजार १५१ मत ल्याएका थिए । सहमतिअनुसार उपमहानगर प्रमुख उपप्रमुखसहित सबै वडाध्यक्ष समेत ८६ पदमा राष्ट्रिय जनमुक्ति पार्टीले नेकपा एमालेको पक्षमा मतदान गर्ने र राष्ट्रिय जनमुक्ति पार्टीले पाएका ११ जना सदस्य पदमा नेकपा एमालेले राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवारलाई मतदान गर्ने सहमति भएको छ ।

बुटवल उपमहानगरपालिका प्रमुखमा सत्तारुढ गठबन्धनले नेपाली कांग्रेसका नगर सभापति खेलराज पाण्डेलाई मेयरमा अगाडि सारेको छ । एमालेले शनिवार साँझसम्म उम्मेदवार टुंगो लगाउने बताइएको छ ।

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार २०:३८   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।