Logo

गण्डकी प्रदेश

तनहुँमा एमालेका प्रमुख उपप्रमुखको टुंगो लाग्यो



तनहुँ । मनोनयनको अन्तिम दिन मात्र तनहुँमा नेकपा एमालेले प्रमुख उपप्रमुखको टुंगो लगाएको छ । नेपाली कांग्रेसबाट साधारण सदस्य समेत नरहने गरेर कारबाहीमा परेका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी समूहसँग तालमेल गर्ने निर्णयसहित एमालेले स्थानीय तहको प्रमुख उपप्रमुखको टुंगो लगाएको हो ।

शुक्लागण्डकी नगरपालिकाको मेयरमा मुक्ति तिम्लिसिना र उपमेयरमा फुलमाया वाग्लेलाई उम्मेद्वार बनााइएको छ । भिमाद नगरपालिकाको मेयरमा दधिराज सुवेदी र उपमेयरलाई शारदा खनाललाई उम्मेद्वार बनाइएको छ । उपमेयरमा खनाल दोहोरिएकी हुन् ।

भानु नगरपालिकाको मेयरमा सिताराम बजगाईंलाई एमालेले उम्मेद्वार बनाएको छ । भानुमा उपमेयर जोशी समूहले पाउनेछ । व्यासको मेयर पनि जोशी समूहले लिनेछ । व्यासको उपमेयरमा बसुन्धरा घर्तीलाई एमालेले उम्मेद्वार बनाएको छ ।

देवघाट गाउँपालिकाको अध्यक्षमा दुर्गबहादुर थापा दोहोरिएका छन् । उपाध्यक्षमा गत निर्वाचनमा एक मतान्तरले पराजित भएकी सावित्री न्यौपानेले टिकट पाएकी छन् ।

आबुखैरेनी गाउँपालिकाको अध्यक्षमा ऋषि केसीले टिकट पाएका छन् । यहाँ उपाध्यक्ष जोशी समूहलाई दिने सहमति छ । बन्दीपुर गाउँपालिकाको अध्यक्षमा सुरेन्द्र थापा उम्मेद्वार हुनेछन् । यहाँ पनि उपाध्यक्ष जोशी समूहले पाउनेछन् ।

घिरिङ गाउँपालिकाको अध्यक्षमा होमबहादुर थापा र उपाध्यक्षमा राधा अधिकारीले टिकट पाएका छन् । ऋषिङ गाउँपालिकाको अध्यक्षमा हरिराज कँडेललाई उम्मेद्वार बनाउने निर्णय भएको छ ।

म्याग्दे गाउँपालिकाको अध्यक्षमा श्रीप्रसाद श्रेष्ठ र उपाध्यक्षमा रत्ना घिमिरेलाई एमालेले उम्मेद्वार बनाएको छ । दुवै उम्मेद्वार सोही पदमा गत निर्वाचनमा पराजित भएका थिए ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार १३:५२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।