Logo

सुदूरपश्चिम प्रदेश

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु 



कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका–३ चोरपानीमा आइतबार साँझ मोटरसाइकल दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । 

मृत्यु हुनेमा शुक्लाफाँटा नगरपालिका–१० का अन्दाजी ५५ वर्षीय केशवराज अवस्थी रहेका छन् । 

बेदकोट तालबाट दैजीतर्फ जादै गरेको सुदुर पश्चिम प्रदेश ०२–००३–प ४६५३ नम्बरको मोटरसाइकल हिजो साँझ साढे ५ बजे अनियन्त्रित भइ पल्टिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार ११:०५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।