बुटवल । उद्योग, वन तथा वातावरण मन्त्रालय लुम्बिनी प्रदेशको आयोजनामा विश्व वातावरण दिबसको अबसरमा बेलहिया–बुटवल व्यापारीक मार्गस्थित ओमसतिया गाउँपालिका क्षेत्रको माताचोकदेखि ठुटिपिपल सडक किनारामा वृक्षारोपण गरेको छ।
कार्यक्रमको उदघाटन गर्दै वन मन्त्री कल्पना पाण्डेले सम्पूर्ण प्राणीको अस्तित्व बचाउन प्रकृतिलाई अनुकुल बनाई वातावरणको रक्षा गर्न सबैले वृक्षारोपण गर्नुपर्ने बताइन् । सम्पूर्ण प्राणीको जीवन वातावरणमा निर्भर रहेकाले मानवीय क्रियाकलाप वातावरण संरक्षणमा केन्द्रित गर्न उनले सबैलाई आग्रह गरिन् ।
कार्यक्रममा बोल्दै उद्योग, वन तथा वातावरण मन्त्रालयका सचिव राजेन्द्र केसीले प्रतिकूल वातावरणलाई अनुकुल बनाउन वृक्षारोपण सबैभन्दा उपयोगी भएकाले मन्त्रालयले हरेक वर्ष वृक्षारोपण गरेर कार्यक्रम गर्ने गरेको बताए । वातावरण विनाश भए मानिसको अस्तित्व संकटमा पर्ने भएकाले रुख विरुवाको संचय गर्नुपर्ने उनले बताए । मानिसले प्राकृतिक स्रोतमा गरेको अत्याधिक दोहनले सम्पूर्ण जीवको जीवन संकटमा परेको महाशाखा प्रमुख दिपक ज्ञवालीले बताए ।
ओमसतिया गाउपालिका वडा नम्बर १ स्थित माता चोक र ठुटिपिपल सम्म बिभिन्न ११ प्रजातीका रुख र फुल प्रजातीका १०७ बिरुवा रोपन कार्य गरीएको हो । मन्त्रालयले आयोजना गरेको उक्त कार्यक्रमको संयोजन उद्योग, वन तथा वातावरण मन्त्रालय लुम्बिनी प्रदेश वातावरण तथा जलबायू महाशाखाका अधिकृत केशर खड्काले गरेका थिए । अधिकृत खड्काका अनुसार वातावरणीय स्वच्छन्दताका लागी सडक सौदर्यकरणको सन्देश दिन उक्त स्थानमा कार्यक्रम गरीएको हो । बिरुवाको रेखदेख तथा संरक्षणमा गाउपालिकालाइ पनि सामेल गराइएको खड्काको भनाइ थियो ।
यो बर्ष ‘नयाँ सोच र सिर्जना, प्राकृतिक प्रणालीको पुनर्स्थापना’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी विश्व वातावरण दिवस मनाइएको छ ।

















प्रतिक्रिया