काठमाडौँ । साताको तेस्रो दिन (मंगलबार) पनि नेप्से सूचकमा ४४ अंकको सुधार आएको छ । आइतबार र सोमबार करिब २९ अंकले बढेको नेप्सेमा मंगलबार थप ४४.१६ अंकले बढ्दै २३ सय १३ विन्दुमा उक्लिएको हो ।
यस दिन सबै उपसूचकहरु धनात्मक भएर सेयर बजार नै हरियाली बन्न पुगेको छ । तर आकर्षक रुपमा बढिरहेको बजारमा कारोबार रकम भने आजपनि बढ्न सकेन ।
नेपाल स्टक एक्सचेन्जका अनुसार ४४ अंकमाथिले नेप्से सूचक बढेको यस दिन जम्मा एक अर्ब ३५ करोड ६६ लाख रुपैयाँको मात्र कारोबार भएको छ ।
यस दिन सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक ३.२७ प्रतिशतले बढेको छ भने सबैभन्दा कम ट्रेडिङ (व्यापार) समूहको उपसूचक जम्मा ०.७ प्रतिशतले मात्र बढेको छ ।





















प्रतिक्रिया