Logo

स्वास्थ्यमा सुधार आएपछि मदनकृष्ण श्रेष्ठ डिस्चार्ज



काठमाडौं । अचानक मुटु दुख्ने समस्या देखिएपछि शुक्रबार राति गंगालाल अस्पताल भर्ना भएका वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ डिस्चार्ज भएका छन् ।

अस्पतालमा तीन दिन उपचारपछि उनी बुधबार दिउँसो घर फर्किएका हुन् । उनलाई धेरै तलमाथि नगर्न, धेरै नबोल्न, भ्वाइस रेस्टमा बस्न चिकित्सकहरूले सुझाव दिएका छन् ।

उपचारमा संलग्न चिकित्सकका अनुसार मुटुमा रगत प्रवाह हुने नसा ९९ प्रतिशत बन्द भएर उनलाई अचानक अत्यधिक मुटु दुखेको थियो  । त्यसपछि उनको अप्रेसन गरिएको थियो । यसअघि, सन् २०१९ अक्टोबरमा पनि उनको मुटुको शल्यक्रिया गरिएको थियो ।

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार १५:४४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।