डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहपालिका गन्यापधुराको अध्यक्षमा कांग्रेसका इन्द्रबहादुर कार्की दोब्बर मतान्तरसहित निर्वाचित भएका छन् ।
कार्कीले ३ हजार ३८४ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस बीपीका सुरेन्द्र मालीले एक हजार ६०४ मत पाएका छन् ।
उपाध्यक्षमा पनि कांग्रेसकै उम्मेदवार ज्ञानुकुमारी सेटी विजयी भएकी छिन् । उनले ३ हजार १३ मत पाइन् ।
उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका इन्द्र महराले एक हजार ७०३ मत पाए ।
प्रधानमन्त्री देउवाले वडा नम्बर १ को रुवाखोलाबाट मतदान गरेका थिए । सो वडामा भने कांग्रेसका उम्मेदवार पराजित भएका थिए ।
यहाँ कांग्रेसका पूर्वजिल्ला सभापति कर्णबहादुर मल्ल पक्षले कांग्रेस बीपीको नाममा एमालेसँग चुनावी तालमेल गरेर प्रतिष्पर्धामा गरेको थियो ।





















प्रतिक्रिया