बझाङ । बझाङको बुंगल नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार जयबहादुर धामी विजयी भएका छन् ।
उनले ७ हजार ६ सय १५ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका धनदेवी कुँवरले ३२७१ मत ल्याएकी थिइन् ।
उपमेयरमा नेकपा एकीकृत समाजवादीका धनबहादुर बोहरा निर्वाचित भए । उनले ६६४६ मत ल्याएका छन् । एमालेका उम्मेदवार अम्मराज जोशीले २९३२ मत प्राप्त गरेका थिए ।
११ वडा रहेको बुङ्गल नगरपालिकामा ८ वडामा गठबन्धन बिजयी भएको छ भने ३ वडामा स्वतन्त्रले जितेका छन् ।





















प्रतिक्रिया