Logo

प्रमुख समाचार

कांग्रेसले भरतपुर ३ को साख गुमायो !



भरतपुर । भरतपुर ३ को वडाध्यक्षमा नेकपा एमालेका विकास थापा निर्वाचित भएका छन् । उनले ६१७ मतान्तरले जित हासिल गरेका हुन् । कांग्रेसका क्षेत्रीय सभापति भरत लामिछानेले वडा अध्यक्षमा १ हजार ४९ मत ल्याए । विकासले १ हजार ६६६ मत ल्याएर जित हासिल गरे।

उक्त वडाको सदस्यमा नेपाली कांग्रेसका तीन जना निर्वाचित भएका छन् । सदस्यमा नेपाली कांग्रेसका उमेदवार रामबहादुर लोहनीले १३ सय ९९ र माधव अर्यालले १३ सय २६ मत ल्याएर विजयी भएका हुन् । दलित महिला सदस्यमा पनि कांग्रेसकै सुकमाया परियार १४ सय ३५ मत ल्याएर विजयी भएकी छन् ।

कांग्रेसभित्र भएको आन्तरिक विवादका कारणले कांग्रेसको गढका रुपमा चिनिएको सो वडामा एमालेले फराकिलो अन्तरले वडा अध्यक्ष जितेको बताइएको छ । टिकट वितरणमा बढेको विवाद सही ढंगले समाधान हुन नसक्दा, वडा र क्षेत्रबीच टकराव बढेका कारण एमालेले वडा जितेको हो ।

उक्त वडामा कांग्रेसको वडा समितिले सभापति वडाध्यक्ष चन्द्रमित्र पण्डितलाई वडा अध्यक्षका लागि एकल सिफारिस गरेको थियो । यद्यपि क्षेत्र नम्बर २ को क्षेत्रीय समितिले क्षेत्रीय सभापति भरत लामिछानेलाई उम्मेदवार बनाउने निर्णय गर्यो । वडा र क्षेत्रबीच टकराव बढेका कारण पनि एमालेको उमेदवारले कांग्रेसको गढमा जितेको कांग्रेसका नेताहरु बताउँछन् ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार १५:२१   :  बजे

144
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।