Logo

अर्थ

लामो दूरीमा फेरि बढ्यो सार्वजनिक यातायातको भाडा



काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा फेरि बढाएको छ। सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै गाडी भाडा पनि बढाएको हो ।

यातायात व्यवस्था विभागले अन्तर्प्रदेश यात्रुवाहक सवारीसाधनमा ३.५ प्रतिशत भाडा बढाएको छ । पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको ४.६ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको ५.१ प्रतिशत भाडा वृद्धि भएको छ ।

सरकारले यसअघि २०७८ चैत १७ गते भाडा बढाएको थियो । उक्त समयमा डिजेलको मूल्य १३८ रुपैयाँ रहेकोमा अहिले १५३ रुपैयाँ भएको छ ।

तेलमा १० प्रतिशत बढी मूल्य बढेकाले जेठ ४ गतेदेखि लागू हुने गरी दुई वा सोभन्दा बढी प्रदेशमा गुड्ने गाडीको भाडा बढाएको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलवार १९:४८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।