Logo

ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु



सप्तरी : खड्क नगरपालिका-८ पहाडे भदिया चोकस्थित सडकमा स.१ त नम्बरको ट्याक्टरले अन टेष्ट लेखिएको मोटरसाइकललाई सोमबार राति ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका ढोलबाजा बस्ने २२ वर्षीय अनिल चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राउ स्मारक अस्पताल लाहानमा उपचारको क्रममा मृत्यु भएको हो । 

हाल फरार ट्याक्टर चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १ असार २०७८, मंगलवार १२:४३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।