Logo

सिन्धुपाल्चोकमा भीषण बाढी र पहिरो, केही बेपत्ता भएको आशंका (भिडियो)



सिन्धुपाल्चोकमा मंगलबार दिउँसोदेखि भइरहेको अविर।ल वर्षाका कारण भीषण र पहिरो गएको छ । जिल्लाको इन्द्रावती मेलम्ची लगायतका करिडोर क्षेत्रमा आएको बाढीले ठूलो क्षति भएको अनुमान गरिएको छ । अविरल वर्षाका कारण मेलम्ची नदीको बाढीले हेलम्बु गाउँपालिकाको किउलमा रहेको ट्राउट फर्म, रिसोर्टमा कार्यरत केहीलाई बगाएर बेपत्ता बनाएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाकाअनुसार हेलम्बुदेखि मेलम्ची बजारक्षेत्र भन्दा तल्ला भेगसम्मका गरी स्थानीय सोधपुछका आधारमा ३ जना बेपत्ता भएको प्रारम्भिक अनुमान छ । उनका अनुसार अहिले सुरक्षामा र तत्कालीन व्यवस्थापन उद्धारमा कार्य भइरहेको छ भने कति जना को को भन्ने सम्पूर्ण विवरण आइसकेको छैन । 
 
बाढीले नदी किनारक्षेत्रका अधिकांश संरचना तहसनहस बनाएको प्रहरीले जनाएको छ ।  मेलम्ची आयोजनाको काम गर्ने चिनियाँ क्याम्प ध्वस्त बनाएर उर्लिएको बाढीले क्रमशः वरपरका संरचना बगाउन थालेपछि हेलम्बुदेखि मेलम्ची भेगका बजार गाउँ क्षेत्रमा भागभाग चलेको थियो । 

त्यसैगरि पाँचपोखरी थाङपाल गाउँपलिकास्थित लार्के र याङ्ग्रीमा पहिरो खसेको छ । पहिरोका कारण इन्द्रावती नदी थुनिएपछि तिपेनी बजार र आसपासका क्षेत्रमा बाढी गएको हो । लाङटाङ राष्ट्रिय निकुञ्जको लार्के बस्तीको माथिल्लो भागमा पहिरो गएको हो । 

प्रकाशित मिति : १ असार २०७८, मंगलवार २२:४१   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।