Logo

नेपाल मनसुन : के हिमताल विस्फोट भएर मेलम्चीमा विनाशकारी बाढी आएको हो



सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा कसरी अचानक विनाशकारी बाढी आयो भन्ने विषयमा विभिन्न अनुमान भइरहेको छ। हेलम्बु र मेलम्ची क्षेत्रका कैयौँ मानिसलाई विस्थापित गराउने उक्त बाढी हिमताल विस्फोट भएकाले आएको हुन सक्ने चर्चा सामाजिक सञ्जालमा देखिएको छ। तर त्यस विषयमा सरकारी निकाय र विज्ञहरूको धारणा भने फरक छ।

सरकारी अधिकारीहरूले पहिरोले माथिल्लो भेगमा केही समय नदीको प्रवाह रोकेको र त्यसैको कारण बाढी आएको निष्कर्षनजिक पुगिएको बताएका छन्।

स्थलगत अध्ययनबिना अनुमान गरिहाल्न नसकिने भए पनि हिमताल फुटेको हुन सक्ने सम्भावना न्यूनू रहेको आफ्नो बुझाइ रहेको विज्ञहरू बताउँछन्। मनसुन सुरु भएको केही दिनमै यस वर्ष नेपालभरि नै ठूलो वर्षा भएको छ। वर्षाका कारण बाढी र पहिरो जाँदा धनजनको क्षति पनि भएको छ।

बाढीबारे के भन्छ सरकार ?

मेलम्ची क्षेत्रमा गत जेठ २९ गते सबैभन्दा बढी पानी परेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाका प्रमुख विक्रम श्रेष्ठ जुवाले  बताए।

त्यस दिन करिब ९० मिलिमिटरको हाराहारीमा पानी परेको र त्यसपछिका दिनमा हरेक दिनजसो हल्का वर्षा भएको बताइएको छ।

“घटना भएको दिन हाम्रो स्टेशनमा लगभग ५:४० देखि ६:४० बजेसम्म खोलाको सामान्य स्वरूपबाट स्वाट्टै घटेको र त्यसपछि फेरि एकैपटक बढेको देखियो,”जुवाले भने। खोला थुनिएर फेरि खुलेको अवस्थामा त्यस्तो हुने उनको भनाइ छ। बीबीसीबाट

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार १२:४०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।