Logo

अर्थ

मिड सोलु हाइड्रोपावरले १५ प्रतिशत बोनस सेयर दिने



काठमाडौं । मिड सोलु हाइड्रोपावरले गत आर्थिक वर्ष २०८२/८३ का लागि लाभांश घोषणा गरेको छ।

कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले उक्त आर्थिक वर्षको खुद मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ८६ करोड ६ लाख ६० हजार रुपैयाँको कुल १५.७८९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। जसमा १५ प्रतिशतले हुन आउने १२ करोड ९० लाख ९९ हजार रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.७८९ प्रतिशतले हुन आउने ६७ लाख ९४ हजार ६८४ रुपैयाँबराबरको नगद लाभांश छन्।

यो लाभांश विद्युत नियमन आयोगको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

 

प्रकाशित मिति : ६ आश्विन २०८३, मंगलवार १२:०८   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।