Logo

बागमती प्रदेश

कोटेश्वरमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु



काठमाडौँ । काठमाडौँको कोटेश्वरमा आज (बिहीबार) बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रामेछाप घर भएका ३७ वर्षीय आशबहादुर नेवार रहेका छन् ।

बसको ठक्करबाट गम्भीर घाइते भएका नेवारको उपचारको क्रममा बीएण्डबी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कोटेश्वरबाट बालकुमारीतर्फ जाँदै गरेको बा २ ख ६१२१ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको बा ८९ प ९०२४ नम्बरको स्कुटरलाई आज दिउँसो सवा १ बजे ठक्कर दिएको थियो ।

दुबै सवारी साधन सहित बस चालकलाई प्रहरी प्रभाग कोटेश्वरले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : जेष्ठ १२, २०७९ बिहीबार  ४ : २३ बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।