Logo

उपत्यकामा ‘स्मार्ट लकडाउन’का लागि सिडिओहरूकाे बैठक बस्दै



काठमाडाैं उपत्यकामा मध्य वैशाखबाट जारी निषेधाज्ञा थप खुकुलाे बनाइ ‘स्मार्ट लकडाउन’ कायम गर्ने तयारी स्थानीय प्रशासनले गरेका छन्। 

काठमाडौं उपत्यकाभित्रका प्रमुख जिल्ला अधिकारीहरू आज निषेधाज्ञाबारे छलफल गरी आवश्यक निर्णय लिन बैठक बस्ने तयारी गरिरहेका छन्।

पछिल्लाे पटक एक साताका लागि लम्ब्याइएकाे निषेधाज्ञा सकिँनै लाग्दा उपत्यकाका तीन वटा जिल्ला काठमाडाैं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुकाे छलफल आज आइतबार दिउँसाे हुँदैछ।

बैठकले निषेधाज्ञा थप गर्ने र अबकाे निषेधाज्ञाबारे रणनीति तय गर्ने ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलाले जानकारी दिए।

हाल खाद्यान्न र तरकारी पसल बिहान ११ बजेसम्म खोल्न अनुमति छ भने निर्माण सामग्री विक्री गर्ने पसल अपरान्ह ४ बजेपछि खुल्दै आएका छन्। यसैगरी पुस्तक पसल पनि खुलिरहेका छन्।

तर काेभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले आर्थिक क्षेत्र चलायमान हुने गरी असार दोस्रो सातादेखि स्मार्ट लकडाउन गर्ने निर्णय गरेको थियो। साेही अनुसार अब सरकारी कार्यालय सञ्चालन गर्ने,यातायात तथा सवारी साधन संचालनका विषयमा यसअघि गरिएको जोरविजोरको मोडालिटीमा भन्दा अन्तिम अंकलाई आधार मानेर सोही अंकसँग मिल्दो बारका आधारमा सञ्चालन गर्न दिने विषयमा छलफल भइरहेको छ। यसो गर्दा एकैपटक सडकमा भीडभाड कम हुने आँकलन सरोकारवाला निकाय र स्थानीय प्रशासनको छ ।

यसैगरी होटल तथा रेष्टुराँहरुलाई टेकअवे मोडालिटीमा नै संचालन गर्न दिइने गरी रणनीति बनाइएको छ । यस्तै अनलाइनबाट हुने होमडेलीभरीलाईसमेत यथावत राख्ने गरी तयारी भइरहेको छ।

प्रकाशित मिति : ६ असार २०७८, आईतवार ०७:५३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।