काठमाडाैं । सरकारले किसानलाई पेन्सन दिने भएको छ । आर्थिक वर्ष २०७९-०८०को बजेट संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले किसानलाई पेन्सन दिने योजना स्वरुप ‘किसानसँग सरकार’ कार्यक्रम ल्याइएको बताए ।
उनले किसान पेन्सन कार्यक्रम सुरु गर्नका लागि किसान हित कोष स्थपना गरिने पनि बताए । कोषमा हरेक महिना किसानले जम्मा गर्ने रकममा सरकारले १० प्रतिशत थपिदिने उनले बताए ।
कोष स्थापनका लागि विउ पूँजीका रुपमा १ अर्ब छुट्याएको अर्थमन्त्री शर्माले बताए । यस्तै, किसान परिचयपत्रका आधारमा सार्वजनिक सेवामा छुट दिइने समेत बजेटमा उल्लेख गरिएको छ ।





















प्रतिक्रिया