Logo

अर्थ

विदेशबाट फर्केकालाई सहुलियत ऋण दिन १३ अर्ब ५९ करोड विनियोजन



काठमाडौं । सरकारले वैदेशिक रोजगारबाट फर्केका युवाहरुलाई सहुलियत ऋण दिने कार्यक्रमलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिएको छ ।

यो कार्यक्रमका लागि १३ अर्ब ५९ करोड बजेट छुट्याइएको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् ।

सरकारले विदेशमा सिकेको सीपलाई स्वदेशमा लगानी गरी युवाहरुलाई देशमै आकर्षित गर्न यो कार्यक्रम अघि सारेको हो । तर यो कार्यक्रम प्रभावकारी हुन सकेको छैन ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आईतवार १८:३६   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।