काठमाडौं : सरकारले सरकारी कर्मचारीको तलब बढाएको छ ।
आर्थिक वर्ष २०७९/०८० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले सरकारी तलब बढेको घोषणा गरेका हुन् । अब साउनदेखि कर्मचारीले तलब १५ प्रतिशले बृद्धी हुने भएको छ ।
आर्थिक २०७८/०७९ को बजेटमा कर्मचारीको तलव दुई हजार रुपैयाँले बढाइएको थियो ।
यस्तै, सरकारले तलब सुविधान सेवा आयोग गठन गर्ने निर्णय गरेको छ। तलब शिक्षक, सेना, प्रहरीको पनि बढ्ने छ । यसबाट पेन्सन पाउनेहरुको पनि आम्दानी बढ्ने छ ।





















प्रतिक्रिया