Logo

अटो

मोटरसाइकलको भन्सार महसुल कति बढ्यो ?



काठमाडौं । सरकारले २०० देखि २५० सीसीसम्मका मोटरसाइकलमा ४० प्रतिशत भन्सार महसुल लगाउने भएको छ ।

२५० देखि ५०० सीसीसम्मकोमा ७० प्रतिशत र ५०० भन्दा माथिका मोटरसाइकलमा ८० प्रतिशत भन्सार बढाइएको हो ।

हाल सबै दुईपांग्रेमा ३० प्रतिशत भन्सार महसुल लाग्ने व्यवस्था रहेको थियो । अब २०० सीसीभन्दा कम सीसीका मोटरसाइकल तथा स्कुटरमा ३० प्रतिशत र त्यो भन्दा माथिका मोटरसाइकलमा ४० देखि ८० प्रतिशत भन्सार महसुल लाग्ने भएको हो ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आईतवार २१:४१   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।