Logo

कर्पोरेट फोकस

गैरसरकारी संस्था ‘छोरी’मा एनएमबी बैंकको वित्तीय साक्षरता कार्यक्रम



काठमाण्डौ । एनएमबी बैंकले विभिन्न कारणले जोखिममा परेका महिलालाई उद्धार तथा सशक्तीकरण गर्दै आएको गैरसरकारी संस्था ‘छोरी’मा आबद्ध दिदीबहिनीलाई वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा छोरी संस्थाका ५५ जना दिदीबहिनीको उपस्थिति थियो । बैंकको लघुवित्त विभागद्वारा आयोजित कार्यक्रममा उपस्थित दिदीबहिनीलाई उत्प्रेरणाका साथैै बचत, लगानी, विभिन्न प्रकारका कर्जा तथा बैंकबाट प्राप्त गर्न सकिने अन्य बिभिन्न सेवाहरुको विषयमा वित्तीय शिक्षा प्रदान गरिएको थियो ।

कार्यक्रममा एनएमबी बैंकका तर्फबाट कर्मचारी डा. बुद्धि मल्ल, शरद पौडेल, नवीन पन्थी र छोरी संस्थाको तर्फबाट कार्यक्रम संयोजक शारदा पुरीको उपस्थिति थियो ।

विगतका वर्षदेखि नै महिला उद्यमशील सहुलियतपूर्ण कर्जा लगानीमा अग्रणी रहेको बैंकले महिला सशक्तीकरणका लागि विभिन्न समयमा विभिन्न समूहहरु लक्षित वित्तीय साक्षरता कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ ।

छोरी संस्थाका दिदीबहिनीलाई गरिएको यो कार्यक्रमले उनीहरुमा वित्तीय ज्ञान प्राप्त भई आत्मनिर्भर बन्न सघाउ भई समग्र अर्थतन्त्रलाई नै सकरात्मक प्रभाव पर्ने बैंकले विश्वास लिएको छ । बैंक र छोरी संस्था दुवैले भविष्यमा पनि यस्ता बित्तीय साक्षरता कार्यक्रम तथा अन्य सम्भावित कार्यक्रममा सहकार्य गर्ने जानकारी गराएका छन् ।

एनएमबी बैंकले दि फिनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ बाट सम्मानित भएको बैंक हो । एनएमबी बैंकले २०१७, २०१८, २०२० र २०२१ लागि पनि उक्त पत्रिकाद्वारा चारपटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरिसकेकको छ ।

एनएमबी बैंकले हाल देशभरि २०१ शाखा, १३८ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७९, शनिबार १५:४५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।