Logo

प्रमुख समाचार

देशभर मनसुनी वायुको प्रभाव : केही ठाउँमा भारी वर्षा हुने 



काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर नै मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । 

अहिले गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही देशको बाँकी भू-भागमा आँशिकदेखि सामान्य बदली रहेको विभागले जनाएको छ । 

गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सूदुरपश्चिम प्रदेशका धेरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ । विभागका अनुसार गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सूदुरपश्चिम प्रदेशका केही ठाउँमा भारी वर्षा समेत भइरहेको छ । 

देशका अन्य भू-भागमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जानकारी दिएको छ। विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका नुसार आज (शनिबार) दिउँसो देशका पहाडी भू-भागमा सामान्य देखी पूर्ण  बदली रहनेछ र बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ ।  

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरुमा र बाँकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।  लुम्बिनी प्रदेश  र सुदूरपश्चिम प्रदेशका  थोरै स्थानहरुका साथै गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

शनिबार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

मौसम पूर्वानुमान महाशाका अनुसार शनिबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना छ। विशेष गरी बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भवना भएकाले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको महाशाखाले जनाएको छ । 

यस्तै, नदी–नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन, यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । 

प्रकाशित मिति : २५ असार २०७९, शनिबार ०७:५१   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।