Logo

प्रमुख समाचार

देशका अधिकांश ठाउँमा मौसम सफा रहने



काठमाडौं । नेपालको मनसुनमा अल्पकालीन ब्रेक लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । 

मनसुनी वायुको प्रभाव घटेसँगै देशका धेरै ठाउँको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । 

हाल प्रदेश १, गण्डकी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्यता बदली रहेको छ । ती प्रदेशका केही ठाउँमा हल्का वर्षा भइरहे पनि भारी वर्षाको भने सम्भावना नरहेको महाशाखाले जनाएको छ । 

बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ । 

आज (शनिबार) दिउँसो पनि देशभर आंशिकदेखि सामान्य बदली हुँदै मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । देशका पहाडी भू-भागका केही स्थानहरुमा  र बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

शनिबार राति देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिकदेखि मौसम सामान्यता सफा रहनेछ । प्रदेश १, बागमती प्रदेश र  गण्डकी प्रदेशका थोरै र अन्य प्रदेशका एक-दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार ०७:०४   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।