कैलालीको मोहना नदी पारी टीकापुर नगरपालिका–८ खक्रौलामा निर्माणाधीन सशस्त्र प्रहरी सीमा सुरक्षा पोस्ट (बिओपी) भवनमा आगजनी भएको छ ।
भवन निर्माणको काम चलिरहेका बेला विद्युत् सर्ट भएर आगजनी भएको कैलालीका जनपथका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए । आज बिहान साढे दश बजेको समयमा निर्माणाधीन भवनको भित्र पड्किएको आवाज आएको कामदारले बताएका छन् । उक्त निर्माणाधीन भवनमा चार जना कामदारहरू कार्यरत रहेको प्रहरी उपरीक्षक विश्व अधिकारीले जनकारी दिएका छन् ।
टीकापुर नगरपालिकाको दमकल, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आइसकेको छ ।
सत्ती भन्सार कार्यालयको जमिनमा अस्थायी रूपमा राखिएको बिओपीलाई सीमा नजिकै सार्ने उद्देश्यले मोहना नदी पारी टीकापुर नगरपालिका–८ खक्रौलामा भवन निर्माणको कार्य भइरहेको थियो ।





















प्रतिक्रिया