काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठले आज (शनिवार) बिहान पशुपति क्षेत्रको अवलोकन गरेका छन् । पशुपति मन्दिर क्षेत्रको अवलोकन तथा निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले यस क्षेत्रलाई सधैँ सफा राख्न निर्देशन पनि पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिएका छन् ।
सांस्कृतिक एवं पुरातात्वक महत्वको पशुपति क्षेत्र खुला संग्रहालयको रूपमा रहेको बताउँदै सधैँ सफा हुनुपर्ने उनले बताए । मन्त्री श्रेष्ठले भक्तजन, तीर्थयात्री, पैदलयात्री एवं पर्यटकलाई सहज हुने गरी सबै प्रबन्ध मिलाउन पनि निर्देशन दिए ।
उनले पुनर्निर्माण भइरहेका सम्पदा स्थलहरु, विश्वरुपा मन्दिर, मृगस्थली, शेल्षमान्तक वन, विभिन्नमठमन्दिर, स्तूपलगायतको निरीक्षण गरेका थिए । मन्त्री श्रेष्ठले घाट व्यवस्थापनबारे पनि जानकारी लिँदै पानी, बिजुली तथा सार्वजनिक शौचालय व्यवस्थापन गरी सहज सेवा प्रवाह गर्न निर्देशन दिए ।





















प्रतिक्रिया