बर्ष २०७७ को मदन पुरस्कार कसले पाउछ भन्ने यकिन गर्न नसकेपनि प्रारम्भिक सूचीमा ९ वटा कृति छनोट गरिएको छ । मदन पुरस्कार गुठीले आज शुक्रवार पुरस्कारको लागि योग्य ठानेको ९ वटा कृतिको सूची सार्वजनिक गरेको हो । नौ वटा कृति मध्ये एउटाले मात्र यस बर्षको मदन पुरस्कार हात पार्नेछ ।
पुरस्कार गुठीमा सहभागि भएका २ सय २२ कृतिमध्ये छनोट समितिले ९ वटा कृतिलाई छनोट गरि गुठीलाई नाम उपलब्ध गराएको हो । जसमा गिरि श्रीस मगरको एकलव्यको देब्रे हात, कृष्ण अविरलको करिया, कुमार नगरकोटीको कल्प–ग्रन्थ, भैरवबहादुर थापाको नृत्याक्षर विज्ञान, प्रभा बरालको फिलिङ्गो, लेखनाथ क्षेत्रीको फुलाङगे, केशव दाहालको मोक्षभूमि, जेसन कुँवरको रमिते र भगिराज इङ्नामको लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह रहेका छन् ।
छनोटमा परेका उल्लेखित कृतिमध्ये एकलाई सर्वश्रेष्ठ पुस्तकका रूपमा २०७७ को मदन पुरस्कार वितरण गरिने गुठीका अध्यक्ष कुन्द दीक्षितले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस अघि चन्द्र प्रकाश वानियाँले लेखेको महारानी उपन्यासले मदन पुरस्कार प्राप्त गरेको थियो ।
















प्रतिक्रिया