Logo

लोकसेवा

लोकसेवा कसैको दबाबमा पढ्नु हुँदैछ भने छाड्नुहोस् पढ्न



नेपालमा लोकसेवाको तयारी गर्नेको संख्या धेरै छ । सरकारी जागिर खाने रहर कसलाई हुँदैन र ? सरकारी जागिर खाने अभिलाषाका साथ धेरै मानिसहरू लोकसेवाको तयारीमा जुट्छन् । तर पढ्ने तरिका नजान्दा धेरै मानिसहरू आफ्नो लक्ष्यमा पुग्न असफल भइरहेका छन् । परिक्षामा कति लेख्ने, कसरी लेख्ने ? कति पढ्ने, कसरी पढ्ने ? भन्ने तरिका नजान्दा नै धेरै विद्यार्थीहरू असफल हुने गरेको लोकसेवा तयारी कक्षाहरू पढाइरहेका प्रशिक्षकहरू बताउछन् । के तपाईँहरू लोकसेवा आयोगको परीक्षाको तयारी गरिरहनुभएको छ ? यदि गरिरहनुभएको छ भने त्यसका लागि आवश्यक केही टिप्सहरु दिन गइरहेका छौं । नतिजाको दौडमा लाग्दा त्यसले तनाव निम्त्याउँछ, जो परीक्षाको बेला प्रत्युत्पादक हुन सक्छ । अर्थात् धेरै अंक ल्याउने ध्याउन्नमा मस्तिष्कलाई अनावश्यक बोझ पर्न थाल्छ । परीक्षाको बेला तनावमुक्त हुनु जरुरी छ । पढेको कुरा पुनःस्मरण गर्नुपर्छ । तर, ‘टुप्पी कसेर’, ‘घुँडा धसेर’ किताब घोक्नुको कुनै अर्थ रहँदैन । तपाईँले यसरी परीक्षाको तयारी गर्नुभयो भने लोकसेवामा तपाईँको नाम निस्कने पक्का हुन्छ ।

कसरी पढ्ने ?

१. पहिले आफ्नो लक्ष किटान गर्नुहोस । लोकसेवा नै पास गरी सरकारी सेवामा छिरेर आफ्नो करियर बनाउने लक्ष्यका साथ पढ्न थाल्नुहोस् ।

२.कसैको दबाबमा नपढ्नुहोस् । पढ्ने कुरालाई मन देखिनै जागृत गर्नुहोस् ।

३.सधै सकरात्मक हुनुहोस् । असफल हुँदैमा नआत्तिनुहोस् । प्रयास गर्ने मान्छै नै असफल हुने हो भन्ने कुरा सोच्नुहोस् । धेरैचोटी असफल भएर पनि पछि सफल भएका विश्वविख्यात व्यक्तिहरुको जिवनीलाई आत्मसात गर्नुहोस् ।

४.पढेरमात्रै लोकसेवा पास गर्न सकिदैन । सबै कुरा मिल्नुपर्छ । पहिलोचोटि मै सफल नहुन पनि सकिन्छ । त्यसैले, धैर्यताको बाँधलाई टुट्न नदिनुहोस् ।

५.पढ्दा कुनै एउटा पाठ्य सामाग्रीको मात्रै भर नपर्नुहोस् । बजारमा गुणस्तरीय भन्दा पनि प्रचारमुखी सामाग्री बढी पाइन्छन् । त्यसैले पाठ्य सामाग्री चयन गर्दा सम्पर्ण पाठ्यक्रमलाई समेटेका गुणस्तरीय सामाग्री चयन गर्नुहोस् ।

६.सकेसम्म नोट बनाउने बानी बसाल्नुहोस् । नोट बनाउदा धैरै सामाग्री हेरेर बनाइन्छ । जसबाट धेरै कुरा जान्ने मौका मिल्छ ।

७.समसामयिक बिषयमा अपडेट हुनुहोस् । समसामयिक को लागी छुट्टै नोट तयार गर्नुहोस् ।

८.राष्ट्रिय स्तरको पत्रिका पढ्ने , राष्ट्रिय स्तरको रेडियोको समाचार सुन्ने, सरकारी निकायहरुले निकालेका प्रतिवेदनहरु हेर्ने बानी बसाल्नुहोस् ।

९.(कोचिङ) सेन्टरको मात्रै भर नपर्नुहोस । कोचिङ सेन्टर गाइडलाइन मात्रै हुन । त्यहाँ पढेको कुरो नै परीक्षामा आउँछ भन्ने हुँदैन । त्यसैले कम्तिमा एकचोटी कोचिङ गएर पढ्ने आधार बनाउनुहोस् । तर सम्पूर्ण रुपमा भर नपर्नुहोस् ।

९.पढ्ने समयतालिका निर्धारण गर्नुहोस् । निरन्तर नपढ्नुहोस् । तर पढ्ने समयमा ध्यान केन्द्रित गरेर पढ्नुहोस । बुझेर पढ्नुहोस । पढेको कुरालाई सम्झने र विश्लेषण गर्ने गर्नुहोस् । पढाईलाई बोझको रुपमा नलिनुहोस् ।

१०.सबै विषयलाई उत्तिकै महत्व दिनुहोस । कहिलेकाहि आफूले आउँदैन होला भनेको कुरा नै परीक्षामा सोधिन सक्छ । त्यसैले पाठ्यक्रमलाई राम्ररी ख्याल गरी सबै कुरालाई अध्ययन गर्नुहोस् ।

११.आफ्नो परीक्षा आफै लिनुहोस । पुराना प्रश्नपत्र को हल निश्चित समय छुट्टाएर घरमै बसेर गर्नुहोस् ।

१२.मिल्छ भने टिम बनाएर कहिलेकाहीँ छलफल गर्नुहोस् ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार ०६:३०   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।