Logo

धर्म / संस्कृति

संस्कृतिविद् जाेशीको स्वास्थ्य अवस्था झन् चिन्ताजनक



काठमाडौं । संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्य अवस्था झन् चिन्ताजनक बनेको छ । जोशी उपचारत ग्वार्कोस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले शुक्रबार साँझ विज्ञप्ति जारी गर्दै उनको अवस्था चिन्ताजनक रहेको जनाएको हो ।

अस्पतालका निर्देशक प्रा.डा. सुरज बज्राचार्यद्वारा जारी विज्ञप्तिमा जोशीलाई पुरानो रोगले ग्रसित पारेका कारण औषधिले काम नगरेको उल्लेख गरिएको छ । ‘समग्रमा जोशीज्यूको स्वास्थ्यमा उल्लेखनीय सुधार नभएकोले अवस्था चिन्ताजनक रहेको छ’, विज्ञप्तिमा भनिएको छ ।

१०३ वर्षीय जोशीको स्वास्थ्यमा समस्या देखिएपछि असोज ७ गतेयता किस्ट अस्पतालमा उपचार गराइरहेका छन् । पछिल्लो समय स्वास्थ्यमा थप प्रतिकूलता देखिएपछि सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार भइरहेको छ ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार १८:४९   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।