काठमाडौं । तिहारमा काठमाडौं उपत्यकामा राति ९ बजेपछि देउसी–भैलो खेल्न नपाइने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले शुक्रबार सो निर्णय गरेका हुन् ।
प्रजिअहरुको उक्त निर्णयपछि जिल्ला प्रहरी परिसर, काठमाडौंले शुक्रबार सूचना जारी गर्दै आफ्नो चिनजान भएको ठाउँमा मात्र मर्यादित तरिकाले राति ९ बजेसम्म देउसी–भैलो खेल्न आग्रह गरेको छ ।
त्यस्तै, उपत्यकामा पटाका लगायतका प्रज्वलनशील बस्तु पड्काउन र जुवा–ताससमेत खेल्न निषेध गरिएको सूचनामा उल्लेख छ ।






















प्रतिक्रिया