Logo

धर्म / संस्कृति

यस वर्षको भाइटीकाको उत्तम साइत बिहीबार बिहान ११ः३७ मा



काठमाडौं । यस वर्षको भाइटीकाको उत्तम साइत यही कात्तिक १० गते बिहीबार बिहान ११ बजेर ३७ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिले बिहीबार बिहान ११ बजेर ३७ मिनेटमा किजापूजा र भाइटीकाको उत्तम साइत जुरेको बताएको हो ।

पञ्चाङ्ग समितिका पूर्वअध्यक्षसमेत रहेका प्राध्यापक रामचन्द्र गौतमका अनुसार बिहीबार दिनभर नै टीका लगाउन मिल्छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यमपञ्चक अर्थात् तिहार पर्व मनाइन्छ । यस वर्ष कात्तिक ६ गतेदेखि यमपञ्चक सुरु भएको हो ।

कात्तिक ६ गते आइतबार कागतिहार, कात्तिक ७ गते सोमबार कुकुरतिहार र लक्ष्मीपूजा, कात्तिक ८ गते मंगलबार गाईपूजा, कात्तिक ९ गते बुधबार गोवर्द्धन पूजारम्हपूजा, र कात्तिक १० गते भाइटीका र किजापूजा परेको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार १७:०५   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।